coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

माेरङमा सशस्त्र प्रहरीको गस्ती टोली र सिकारी समूहबीच गोली हानाहान

विराटनगर – मोरङको सलकपुरस्थित राष्ट्रिय वन परिसरमा शुक्रबार अपरान्ह गोली हानाहान भएको छ। वनको सशस्त्र गस्ती टोली र वन्यजन्तु सिकारी समूहबीच गोली हानाहान भएको हो। तर, घटनामा कोही पनि घाइते भएका छैनन्। 

लोहन्द्रा केराबारी साझेदारी वन र सलकपुर सामुदायिक वनको सीमा क्षेत्रमा रहेको राष्ट्रिय वन परिसरमा गस्ती टोली र शिकारी समूहबिच जम्काभेट भएको डिभिजन वन अधिकृत नरेन्द्र गुरागाइले जानकारी दिए। 

त्यसक्रममा शिकारी समूहले नौ राउन्ड गोली प्रहार गरेको थियो, वन टोलीले जवाफमा सात राउन्ड गोली चलाएको हो, ’ उनले भने ‘हामीले शिकारी समूहका दुई जना र दुई राउन्ड भरुवा बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ।’

उनका अनुसार लक डाउनको मौकामा वन्यजन्तु शिकारका लागि सो समूह वनमा हतियारसहित प्रवेश गरेको हो। उक्त वन बँदेल, मृगलगायतका वन्यजन्तुको बासस्थान भएको उनले जानकारी दिए।

प्रकाशित: २१ चैत्र २०७६ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App