coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फोटो पारखीहरुको लागि समिट एयरको जहाज बन्यो फोटो उद्यायन

विमानस्थलमा थन्किएको समिट एयर जहाजसँग फोटो लिँदै कर्मचारी, हवाई यात्रु र सर्वसाधारणहरु, विमानस्थलमा जमेको हिउँ फाल्दै सुरक्षाकर्मी कर्मचारी र सर्वसाधारण।

डोल्पा- हिमपातको कारण विमानस्थलमै थन्किएको जहाज हिउँसंगै फोटो खिच्ने पारखीहरुको लागि आर्कषणको माद्यम बनेको छ। शुक्रबार बिहान ७ बजे नेपालगन्जबाट यात्रु लिएर आएको समिट एयरको जहाज भारी हिमपातका कारण डोल्पाको जुफाल विमानस्थलको धावनमार्गमै थन्किएको थियो।

नाइनएन एएमपी कलसाइन भएको जुफाल विमानस्थलमा थन्किएको समिट एयरको जहाज यत्तिखेर हिँउसंगै जहाजको फोटो खिच्नेहरुका लागि आर्कषणको साधन बनेको हो। भारी हिमपातले सेताम्मे बनेको जुफाल विमानस्थलको धावनमार्गमा थन्किएको जहाजसंगै हिउँसंग फोटो लिन कर्मचारी, हवाई यात्रु र सर्वसाधारणहरुले फरकफरक समयमा विमानस्थलमा प्रवेश गर्ने गरेको जुफालका बालकृष्ण डाँगीले बताए।

शुक्रबार बिहानैदेखि परेको भारी बर्षाका कारण विमानस्थलमा जमेको हिउँ नपग्लेकाले शनिबार पनि जहाज विमानस्थलमै थन्केको छ। शनिबार हिमपात बन्द भई पारिलो घाम लागेकाले पनि हिउँ र जहाजसंगै फोटो खिच्ने र हिउँ खेल्नेहरु कडा सुरक्षाका बीच विमानस्थलमा हिउँसंग रमाएका छन्। विमानस्थलमा थन्किएको जहाजसंगै हिउँको फोटो खिचेर समाजिक सन्जालकर्ताले आफ्ना फेसबुक वाल सिंगारेका छन्।

समिट एयर जुफालका स्टेशन म्यानेन्जर पुर्णजङ्ग शाहीले शनिबार मौसममा सुधार आई पारिलो घाम लागेको र धावनमार्गमा जमेको हिउँसमेत फाल्ने कार्य सुरु भएकाले मौसम हिउँ फालेर भ्याइएमा सम्भवत आजै थन्किएको जहाज नेपालगन्ज फिर्ता हुने बताए। शुक्रबार परेको भारी हिमपातले डोल्पाको जनजीवन कस्टकर बनेको छ।


 

प्रकाशित: २८ मंसिर २०७६ ०८:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App