५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

फेसवुक र गुगल मानवअधिकारको लागि खतरा

काठमाडौं-  एमनेस्टी इन्टरनेशनलले गुगल र फेसवुकको विजनेश मोडल मानवअधिकारको लागि खतरा भएको बताएको छ। एमनेस्टीको एक रिपोर्टमा यी टेक कम्पनीले गर्ने 'व्यापक निगरानी' बारे चिन्ता व्यक्त गरिएको छ।

फेसवुकले यस रिपोर्टप्रति असहमति जनाएको छ। उसले मानवअधिकारमा कुनै असर नपुर्याएको बताएको छ। यस्तै गुगगलले पनि आफु मानिसको भरोसाको केन्द्र भएको बताउँदै प्रयोगकर्ताको डेटा सुरक्षाको जिम्मा आफ्नो भएको बताएको छ।

विश्वमा गुगल ९० प्रतिशत भन्दा बढी प्रयोग हुने सर्च इन्जिन हो। विश्वका एक तिहाई मानिस हरेक समय फेसवुक चलाउने अनुमान गरिएको छ।

५८ पेजको रिपोर्टमा एमनेस्टीले गुगल र फेसवुकको विजनेश मोडलको 'अर्वौ मानिसको विश्वव्यापी निगरानी' भनिएको छ। उसले यी टेक कम्पनीले आधारभुत विजनेश मोडलमा मौलिक वदलाव ल्याउन जरुरी भएको समेत बताएको छ।

रिपोर्टमा क्याम्ब्रिज एनालिटिका प्रकरणलाई उदाहरणमा लिइएको छ। यसलाई कसरी प्रयोगकर्ताको नीजि डेटालाई उनको विरुद्धमा प्रयोग गरिन्छ भन्ने बताइएको छ।

फेसवुकले आफ्नो विजनेश मोडल विज्ञापनमा आधारित भएको बताउँदै मानिसले आफ्नो आवाज उठाउने र एकजुट हुने मौका दिएर मानवअधिकारलाई बढवा दिइरहेको बताएको छ।

 

 

 

प्रकाशित: ९ मंसिर २०७६ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App