coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अनेरास्ववियूद्वारा भारतीय दुतावास घेराउ

काठमाडौं- सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार राजधानीको  लैनचौरस्थित भारतीय दुतावास घेराउ गरेको छ। भारत सरकारले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतको भुभाग  भारतीय नक्सामा पारेको विरोधमा अनेरास्ववियू आन्दोलनमा छ।

अनेरास्ववियूले भारतीय दुतावास अगाडि चर्को नाराबाजीसहित एक घण्टा धर्ना दिएको छ। धर्ना कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले मातृभूमिको रक्षाका लागि अनेरास्ववियूको नेतृत्वमा लाखौंलाख विद्यार्थीहरु जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताए।  कार्यक्रममा सहसंयोजक रञ्जित तामाङले सरकारले कुटनैतिक पहलकदमी मार्फत अविलम्ब सिमा समस्या सुल्झाउनुपर्ने धारणा राखे।

धर्ना कार्यक्रममा प्रदर्शनकारीहरुले भारतीय विस्तारवाद मुर्दावाद, कालापानी ,लिम्पियाधुरा, लिपुलेक -हाम्रो हो, गो ब्याक-इण्डिया जस्ता चर्का नारा लगाएका थिए। आन्दोलनरत  अनेरास्ववियुले २४ गते परराष्ट्रमन्त्री र २५ गते नेपाल स्थित संयुक्त राष्ट्रसंघको कार्यालयलाई ध्यानाकर्षण पत्र दिने कार्यक्रम रहेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए।

प्रकाशित: २२ कार्तिक २०७६ १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App