२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एनआरएनएको विश्व सम्मेलन शुरुः १० अर्बको म्युचलफण्ड स्थापना

काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए)को नवौं सम्मेलन बौद्धस्थित ह्यात होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन। उद्घाटन मन्तव्यका क्रममा राष्ट्रपति भण्डारीले सरकार गैरआवासिय नेपालीसाग मिलेर काम गर्न तयार भएको र त्यहि कामका लागि संविधानमा नै अधिकार सुनिश्चित भएको बताइन। नेपालमा लगानी भित्र्याउन सरकारले अवलम्बन गरेको नीति पर्याप्त भएको बताउँदै सम्मेलन सफलताको कामना गरिन।

मंगलबारदेखि शुरु भएको नवौं सम्मेलन उद्घाटन समारोहका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्दै गैरआवासिय नेपाली संघले समृद्ध नेपाल निर्माणमा दिएको योगदानको कदर गर्दै आगामी दिनमा काम गर्न सरकार तयार रहेको बताए। सरकार सदैव देशको समृद्धिको लागि सहकार्य गर्न तयार रहेको बताए।

कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्टले संस्थाले गरेको प्रगति विवरण प्रस्तुत गर्दै आफ्नो कार्यकालमा लाप्राक योजना पुरा भएको, बौद्धिक सम्मेलनबाट निकालिएको निष्कर्ष अनुसार पोलिसी ईष्टिच्युट स्थापना गरिएको बताउँदै भ्रमण वर्ष सफल पार्ने भुमिका निर्वाह गरिरहेको र १० अर्बको कोष स्थापना गर्ने निर्णय भएको बताए।

संसारभर छरिएका नेपालीलाई एकताबद्ध गर्दै ८१ देशमा आफ्नो सञ्जाल विस्तार भएको गैरआवासिय नेपाली संघको नवौं विश्व सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ। ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल विषयमा सम्मेलन केन्द्रित रहने छ। सम्मेलनसँगै नयाँ नेतृत्व छान्न भोलीबाट निर्वाचन प्रक्रिया पनि शुरु हुनेछ। मुलत संसारभर रहेका नेपालीलाई एकताबद्ध गर्दै मातृभुमिको समृद्धिका लागि स्थापित यस संस्था नेपाल सरकारको महत्वपुर्ण अंगको रुपमा स्थापित भईसकेकोे छ। सन् २००३ मा स्थापित सस्था संसारभर ८१ देशमा सञ्जाल विस्तार भएको छ।

काठमाडौंको हायात होटलमा शरु हुने सम्मेलनमा करिब २८ सय प्रतिनिधि सहभागी रहेका छन्। तीन दिनसम्म चल्ने सो सम्मेलनमा संसारभर आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यलाई साकार पार्न विभिन्न दर्जभन्दा बढी सत्रहरुमा दफाबार छलफल बहस गरी निकर्ष निकालिने छ।

प्रकाशित: २८ आश्विन २०७६ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App