८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बिहीबारको बन्द फिर्ता

खोटाङ– संविधानको भावना र मर्म विपरीत खुलाइएको लोकसेवा आयोगको विज्ञापन सच्याउन माग गर्दै बिहीबार आह्वान गरिएको बन्दा फिर्ता भएको छ। संविधानको भावना र मर्म विपरीत आदिबासी, जनजाति, मधेशी, मुस्लिम लगायतको अधिकार कटौती हुने गरी आयोगले विज्ञापन खुलाएको बिरोधमा बिहीबारका लागि आह्वान गरिएको बन्द फिर्ता भएको हो।

बाढी, पहिरो र डुवानका कारण धनजनको क्षती भइरहेको अवस्थामा राहत तथा उद्धारका कामलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था भएकाले नेपाल आदिबासी जनजाति महासंघ खोटाङ एबं आदिबासी जनजाति संगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले पत्रकार सम्मेलन गरेर आन्दोलन फिर्ता भएको जानकारी गराएका छन्। 

बिहीबार आह्वान गरिएको बन्द फिर्ता भए पनि लोकसेवाको असमावेशी विज्ञापन विरुद्धको कार्यक्रम भने यथावत रहेको नेपाल आदिबासी जनजाती महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले बताए। महासंघ एबं संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले वर्षाका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनधन गुमाएका पीडितलाई चाँडोभन्दा चाँडो राहतको व्यवस्था मिलाउन नेपाल सरकार तथा सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: १ श्रावण २०७६ १६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App