१५ चैत्र २०८० बिहीबार
समाज

सन्धिखर्क जिप दुर्घटना: मृतकमध्ये दुई जनाको सनाखत

गुल्मी- गोरूसिंगे सन्धिखर्क सड्कअन्तर्गत सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गोरूसिंगे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाचीको सन्धिखर्क नगरपालिका-७ सुपादेउराली मन्दिर नजिकै लु १ ज १३२९ नम्बरको जिप दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै एक जनाको उपचारका क्रममा ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले नागरिक 
न्यूजलाई जानकारी दिए।

मृत्यु हुनेमा भुमिकास्थान ३ का सुमन्त भुसाल र मालारानी ३ का रुद्र प्रसाद भुसाल रहेका छन्। भने अर्का एक जनाको सनाखत हुन सकेकाे छैन।मृत्यु हुने भुसाल गाडी धनी र चालक भएको बुझिएको छ।  जिप सड्कबाट ३ सय ५० मिटरभन्दा तल खोलामा खसेको छ। उक्कालो र अप्ठ्याराे सडक भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

त्यस्तै दुर्घटनामा अन्य ४ जना गम्भीर घाईते भएका छन्। गम्भीर घाईते ३ महिला र १ पुरुषलाई उपचारका लागि वुटवल पठाइएको छ। 

प्रकाशित: १९ असार २०७६ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App