१५ चैत्र २०८० बिहीबार
समाज

मोटरसाइकल दुर्घटनामा सैनिक जवानको मृत्यु

दुर्घटनामा परेको मोटरसाइकल निकाल्दै प्रहरी। तस्बिरः विनोद/नागरिक

दुलेगौँडा(तनहुँ)– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको गाछेपानीमा जिपले मोटरसाईकललाई ठक्कर दिदाँ सैनिक जवनाको मुत्यु भएको छ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग २ च ९६२२ नम्बरकोे दूध बोक्ने जिपले विपरित दिशातर्फ गईरहेको  मे ५ प ९२९६ नम्बरकोे मोटरसाइकललाई ठक्कर दिदाँ चालक २६ वर्षीय शैलेश लिम्डुमको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

इलामको माईजाेगमाई गाउँपालिका–३ प्वाङका लिम्डुम नेपाली सेना गौरीबक्स गुल्म पोखरामा कार्यरत थिए। घाइते उनको उपचारका क्रममा बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा चिकित्सकले मृत घोषणा गरेका हुन्। ठक्कर दिने जीप र जीप चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रकाशित: १३ जेष्ठ २०७६ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App