८ वैशाख २०८१ शनिबार
समाज

स्वास्थ्य कार्यालयबाट पूर्वाधारको काम !

पाँचथर–सदरमुकाम फिदिमको गडी मन्दीर जाने बाटोमा स्वास्थ्य कार्यालय पाँचथर बोर्डमा उल्लेखीत कार्यालय रहेको छ। यो कार्यालयमा यति वेला जिल्लामा सञ्चालन हुने पूर्वाधार कार्यक्रमको सम्झौता गर्ने चहलपल चलिरहेको छ। स्वास्थ्य कार्यालय भनेपछि स्वास्थ्य सेवा, स्वस्थ्य सेवाका कर्मचारी व्यवस्था, स्वास्थ्य सम्बन्धी सरकारी नीति कार्यक्रम कार्यान्वन गर्ने भन्ने सामान्यता बुझाइ हुन्छ। तर यतिवेलाको  सो कार्यालयको ध्यान भने पूर्वाधारका काममा गएको पाईन्छ।

प्रदेश सरकार मातहतमा रहेको यो कार्यालयले समाजिक विकास मन्त्रालय मार्फत आएका पूर्वाधार विकासका योजनाको कार्यान्वयका लागि काम गरीरहेको हो। भवन निर्माण, खेल मैदानका लागि काम गर्नका लागि आर्थिक बर्ष सकिने मिति नजिकिदै गर्दा उपाभोक्ता समितिसँग सम्झौता गर्ने काम गरीरहेको हो।

पूर्वाधारको काम गर्नका लागि इन्जीजिनियर लगायतका प्राविधिकहरु पनि छैन। निक्कै ठूलो बजेटका पूर्वाधारका योजना भएकाले कार्यान्वयनमा सकस हुने देखिन्छनै। एक जना सव–इन्जीनियरको भरमा यतिवेला १९ भन्दा बढि पूर्वाधारका काम अघि बढाउनका लागि कार्यालय जुटिरहेको छ। सात करोड रुपैँया भन्दा बढि पूर्वाधारको बजेट स्वास्थ्य कार्यालय मार्फत कार्यान्वय गर्न खोजिएको छ। प्रदेशको समाजिक विकास मन्त्रालयको जिल्लाको एक मात्र कार्यालय भएकाले आफूहरुले सो मन्त्रालयको योजना कार्यान्वमा लागेको स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईले जानकारी दिए। ‘स्वास्थ्य सम्बन्धी धेरै काम स्थानीयतहले गर्छन्। समाजिक विकास मन्त्रालयको जिल्लाको कार्यालय भएकाले हामीले काम गरीरहेका छौँ’ प्रसाईले नागरिकन्यूजसँग भने, ‘अहिलेसम्मका १९ काममध्ये ११ ओटाको सम्झौता भएका छन् । आर्थिक बर्ष नजिकिदै गएकाले उपभोक्ता समिति मार्फतनै काम सम्पन्न गर्ने गरी अघि बढेका छौँ।’

स्वास्थ्य कार्यालयसँग प्राविधकको अभाव तथा अनुगमन गर्ने अनुभवको अभावमा कर्मचारी लगायतका विषयहरु नथपिनै कामको जिम्मा दिइदा कार्यान्वयमा समस्या हुने टिप्पणी भएको छ। जिल्लामा प्रदेश अन्तर्गतको पूर्वाधार कार्यालय भए पनि स्वास्थ्य कार्यालयलाई योजना दिइएको छ। कार्यालयका कर्मचारी पनि अलमलमा देखिन्छ। सरुवा लगायतको असर पनि उक्त कार्यालयमा देखिन्छ। खेल मैदान, स्वास्थ्य चौकि भवन, छात्रावास, विद्यालय भवन, वृद्धाश्रम, तथा राजसेवा योगको भवन सम्मलाई बजेट छुट्याइएको छ। यो बजेटको कार्यान्वयको चटारो स्वास्थ्य कार्यालयमा देखिन्छ।

 ‘स्वास्थ्यलाई पूर्वाधारको काम सुन्दै अचम्मको छ। बरु पूर्वाधार, भवन, नगारपालिका, गाँउपालिका लगायतका कार्यालयलाई दिएको भएहुन्थ्यो। नप्राविधिक छन्, न अनुभवि जनशक्ति’ एक जना सरकारी कार्यालयका इन्जीनियरले भने ‘खै के के मिलिरहेको छैन।’

प्रकाशित: १७ वैशाख २०७६ ०४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App