८ वैशाख २०८१ शनिबार
समाज

१३८ यात्रु सवार जेट विमान इन्धन नभरेरै काठमाडौंबाट उड्न खोजेपछि...

फाेटाे : एएफपी (फाइल तस्बिर)

काठमाडाैं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीतर्फ उड्न लागेकाे भारतीय विमान कम्पनी जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जाेगिएकाे छ। विमानले तेल नभरेरै अबस्थामा काठमाडौंबाट दिल्लीका लागि उडान भर्न लागेको थियोे। तर, पाइलटले तेल सकिएको थाहा पाएपछि तेल भरेर उडान गरिएको छ।

विमान टेकअफ गर्न लाग्दा पाइलटले विमानमा तेल नै नभएको थाहा पाएपछि आकस्मिक रुपमा जहाजलाई टर्न गरेर तेल हाल्न ल्याएका थिए।

बुधबार ३ बजेर ५० मिनेटमा दिल्ली उडान भर्ने क्रममा तेल सकिएको थाहा पाएपछि आकस्मिक रुपमा पुन जहाजलाई पार्किङमा फर्काइएको थियो। तेल भरेपछि झण्डै दुई घण्टापछि करिब ५ बजेर २९ मिनेटमा उडान भरेको बिमानस्थलका प्रबक्ता प्रतापबाबु तिवारीले जानकारी दिए। 

जेट एयरवेजको उडान नम्बर २६७ का जेट एयरवेजको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ। पाइलट मनोज अरोडाले उडाएको विमानमा १३८ यात्रु सवार छन्।

प्रकाशित: २७ चैत्र २०७५ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App