१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

दुई भारतीय पक्राउ

इलाम - मानव बेचबिखन तथा ओसारपसार आरोपमा प्रहरीले दुर्इ भारतीय नागरिकलार्इ पक्राउ गरेकाे छ। भारतसँग सिमान जाेडिएकाे इलामकाे पशुपतिनगरबाट उनीहरुलार्इ पक्राउ गरिएकाे हाे। पक्राउ पर्नेमा भारत दार्जिलिङको रामबाङ बस्तीका ४२ वर्षीय दलवीर मुखिया र साेही स्थानका २२ वर्षीय विवेक राई रहेका छन्।

पाँचथरकी १९ वर्षीया युवतीलाई उनीहरुले ललाइफकाइ भारत लग्न खाेजेकाे प्रहरीले बताएकाे छ। उनीहरूले ती युवतीलाई विवाह गर्छु भन्ने आश्वासन दिएपनि युवतीले नमानेपछि आफूहरू यो ठाउँका लागि नयाँ भएकाले पाँचथर घुमाइदिन आग्रह गरेका थिए। प्रहरीका अनुसार ती युवतीलाई मुखिया र राईले उसोभए हामी भारत जान्छौं, परसम्म पुर्याइदेऊ भन्दै पशुपतिनगरसम्म ल्याएका थिए। पशुपतिनगर आइपुगेपछि प्रहरीले उनीहरूलाई फेला पारेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका हवल्दार विजय राईले बताए। पक्राउ परेका माथि थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ।

प्रकाशित: ३१ भाद्र २०७५ १५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App