८ वैशाख २०८१ शनिबार
समाज

‘मोष्ट वान्टेड’ घट्टघरे कान्छा पक्राउ

मकवानपुर–अपहरण तथा शरीर बन्धक मुद्दामा संलग्न भई प्रहरीको सर्वाधिक खोजीको (मोस्ट वान्टेड)सूचीमा रहेका मकवानपुर बकैया गाउँपालिका ४ का घट्टघरे कान्छा भन्ने दुधबहादुर लोलाई प्रहरीले पक्राउ गरेको छ। ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो। 

काठमाडौं कुलेश्वरका प्रमोद चौधरीको छोरा अपहरणमा संलग्न भनिएका लो ६ वर्षदेखि फरार थिए। बिभिन्न अपराध तथा उच्छृङल गतिविधिमा संलग्न लोलाई पक्राउ गर्न विभिन्न प्रहरी कार्यालयले गरेको पटक–पटकको प्रयास असफल भएको थियो । उनले हिड्डुल गर्दा हातहतियार बोकेर हिँड्ने र गाउँलेहरुलाई कुटपिट, झैझगडा गर्ने, जबरजस्ती असुली गर्नेलगायतका कार्य गरिरहेको प्रहरीले दाबी गरेको छ।

२०६९ फागुन २१ गते काठमाडौंको कालिमाटीका प्रमोद चौधरीका १७ बर्षीय छोरा सोनु चौधरीको अपहरणमा संलग्न भनिएका लोको अन्य अपराधजन्य कार्यमासमेत संलग्नता देखिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २५ श्रावण २०७५ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App