कोशी प्रदेश सभामा योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल भएको छ।
आजको कोशी प्रदेशसभा बैठकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले उक्त विधेयक टेबुल गरेका हुन्। निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतले पारित भएको कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए।
कोशी प्रदेशमा प्रदेश सरकार मातहतका कार्यालय र स्थानीय तहमा नयाँ नियुक्त हुने कर्मचारीले योगदानमा आधारित समाजिक सुरक्षा पाउने व्यवस्था विधेयकमा गरिएको छ।
प्रकाशित: २४ असार २०८२ १५:४६ मंगलबार




-600x400.jpg)
