२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

इट्टा बोक्ने ट्रकबाट कपडा र काजु तस्करी

जिल्ला प्रहरी कार्यालय पर्साले इट्टामा लुकाएर कपडा र काजु तस्करी गरी रहेको अवस्थामा मंगलबार एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ।

प्रदेश  २-०३-००१ ख.५६०९ नम्बरको इट्टा लोड गरेको ट्रकबाट भन्सार छलीको कपडा र काजु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्र ले बताए।

प्रहरीले नियन्त्रणमा लिएको ट्रक रौतहटमा रहेको जयसवाल इट्टा उद्योगबाट  इट्टा लोड गरी काठमाडौं तर्फ जाँदै गरेको  अवस्थामा प्रहरी चौकी गण्डकले चेकजाँचको क्रममा वीरगन्ज महानगरपालिका २४ मा रहेको नर्सिङ विद्यालय नजिक ४० फिटा सडकबाट नियन्त्रणमा लिएको मिश्रले बताए। 

इट्टा लोड गरिएको ट्रकबाट प्रहरीले  १५ पोका कपडा र  ८ पोका काजु बरामद गरिएको उनले बताए। भन्सार छलीको कपडा र काजु बरामद गरिएको ट्रकबाट ट्रक चालक जिल्ला बारा निजगढ नगरपालिका ४ का निकेश राउत कुर्मी, ट्रकको सह चालक  सागर परियार र ट्रकमा सवार विष्णु पाठकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित: २४ असार २०८२ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App