१६ पुस २०८२ बुधबार
image/svg+xml
समाज

रसुवामा भीषण बढी : ६ चिनियाँसहित १८ अझैं बेपत्ता, ९ को उद्धार

छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ।

गए राति ३ बजे जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीमा चीनतर्फ परेको अबिरल वर्षाका कारण आएको भीषण बाढीले ९ नेपाली, ६ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। यस्तै १ नेपाल प्रहरी, १ सशस्त्र प्रहरी बल नेपाल र ७ स्थानीय मानिस गरी ९ जनाको उद्धार गरिएको छ।

इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका मध्यको प्र.स.नि. लालबहादुर श्रेष्ठ, प्र.ज. मुन्ना ठाकुर, प्र. ज. लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए। 

बाढीले बिहान ४ बजेको समयमा नेपाल र चीन नाका जोड्ने मितेरी बगाइ पुल पूर्ण रूपमा क्षति भएको छ। जसका कारण पैदलयात्री र सवारीसाधनको आगतजावत बन्द भएको छ।

यस्तै ४:४० बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं. २ स्थित रहेको ईभी चार्जिङ स्टेसनमा पनि क्षति भएको छ। बाढीले ७/८ वटा गाडीहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षक कृष्णबहादुर धितालको कमाण्डमा २० जनाको प्रहरी टोली, इ.प्र.का. टिमुरे रसुवाबाट प्र.ना.नि. धनबहादुर तामाङको कमाण्डमा २८ जना, प्र.चौ. रसुवागढीबाट प्र.ब.ना.नि. सुमन महन्त गिरीको कमाण्डमा १२ जना, प्र.चौ. स्याफ्रुबेशी रसुवाबाट ८ जना, प्र.चौ. हाकु रसुवाबाट ७ जना अ.प्र.पोष्ट मैलुङ रसुवाबाट ९ जना प्र.चौ. बेत्रावतीबाट १० जनाको प्रहरी टोली गरी जम्मा ९४ जनाको टोली उद्धार कार्यका लागि खटि गएका छन्।

बाढीले ७:५० बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं. ५ पासाङल्हामु सडक खण्डस्थित उक्त बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरोध भएको पनि जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। 

यो पनि पढ्नुहोस्

रसुवामा भीषण बाढी : मितेरी पुल बगायो, चार चिनियाँसहित एक नेपाली बेपत्ता

 

यो पनि पढ्नुहोस्

चीनतर्फ अबिरल वर्षा हुँदा भोटेकोशी नदीमा बाढी, रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुल बगायो

 

 

यो पनि पढ्नुहोस्

रसुवामा भीषण बाढी : तीन प्रहरी र चार चिनियाँसहित १६ जना बेपत्ता

 

 

यो पनि पढ्नुहोस्

रसुवामा भीषण बढी : सवारी साधन बगायो, हाइड्रोपावरमा क्षति

 

 

प्रकाशित: २४ असार २०८२ ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App