१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

रसुवामा भीषण बाढी : तीन प्रहरी र चार चिनियाँसहित १६ जना बेपत्ता

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको लेदोसहितको भीषण बाढीमा परेर १६ जना बेपत्ता भएका छन्।

चीनतर्फ वर्षा हुँदा नेपाल–चीनको सिमानामा रहेको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीका कारण १६ जना बेपत्ता भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए। उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार गर्न जाने क्रममा ११ जना उद्धारकर्मी नै फसेका बताए।

उनका अनुसार बेपत्ता हुनेमा तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार, सवारी चालक, ४ जना चिनियाँ कामदार रहेका छन्। रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको उद्धार भएको पनि उनले बताए।

यस्तै, त्रिशुली नदीमा फसेका दुई जनाको पनि उद्धार भएको रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। उनीहरू बिदुर नगरपालिका-१ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा फसेका थिए। नेपाली सेनाको दुई वटा हेलिकोप्टर परिचालन भएको छ। हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो। 

यो पनि पढ्नुहोस्

रसुवामा भीषण बाढी : मितेरी पुल बगायो, चार चिनियाँसहित एक नेपाली बेपत्ता

प्रकाशित: २४ असार २०८२ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App