१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

चीनतर्फ अबिरल वर्षा हुँदा भोटेकोशी नदीमा बाढी, रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुल बगायो

छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढी आएको छ।

बाढीका कारण आज बिहान अन्दाजी ३:१५ बजे रसुवा जिल्ला, गोसाईकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुल बगाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

त्यसैगरी, बिहान ४:०० बजेको समयमा सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको छ।

प्राधिकरणका अनुसार हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन।

नदीमा पानीको बहाव अझै उच्च गएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचीत गरिएको छ।

प्रकाशित: २४ असार २०८२ ०६:५१ मंगलबार

#NagarikNews ##NepaliNews