१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

च्वङा गणेशको कालोपत्रे सडक एकहप्ता नवित्दै धुजाधुजा

भक्तपुरको च्वङा गणेशको कालोपत्रे सडक एकहप्ता नवित्दै धुजाधुजा भएको छ । भक्तपुर नगरपालिका वडा नं १ स्थित जसी गः न्युरोड (च्वङा गणेशदेखि नगरकोट रोड जाने) सडक कालोपत्रे गरेको हप्तादिन नवित्दै विग्रेको हो ।

कालोपत्रे गरेको केही दिनभित्रै सवै धुजाधुजा भएपछि विग्रेको सडक भाइरल बनेको छ । धेरैले सामाजिक सञ्जाल फेसबुकमा असारे विसका भनेर नामाकरण गरी सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । भक्तपुरको असारे विकास भन्दै सामाजिक सञ्जालमा विभिन्न टिक्काटिप्पणीहरुसमेत हुन थालेका हुन् ।  

नेपाल इको प्यानलको कर्पोरेट अफिस अगाडिको सडककाबारेमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिइओ इन्जिनियर कृष्णभक्त दुवालले राखेको भिडियोमा दिनेश रञ्जितकारले कमेन्टमा लेखेका छन्, जुन जोगी आए पनि उस्तै । सोही भिडियोमा अर्का सुमित बाला लेख्छन्, बल्ल बल्ल पाएको छोरो पनि टाउको मात्रै ठूलो ।  

उपभोक्ता समितिबाट नभई ठेक्काबाट सडक कालोपत्रे गरिएको थियो । यसअघि फराकिलो सडकको पश्चिमतिर च्वङा गणेश फेदको बाटो नेपाली सेनाको भन्दै त्यसलाई छोडेर मात्रै कालोपत्रे गर्न लगाइएको थियो ।

प्रकाशित: २३ असार २०८२ १९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App