२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

सशस्त्रमा तीन वर्षमा १४ हजारको बढुवा

सशस्त्र प्रहरी बलमा असारभित्रै प्रहरी नायब महानिरीक्षकदेखि (डिआइजी) नायब उपरीक्षक (डिएसपी) सम्मको बढुवा प्रक्रिया अघि बढिरहेको छ। असारभित्रै डिएसपी, एसपी, एसएसपी र डिआइजीको बढुवाका लागि सूचना निकाल्ने तयारी भइरहेको छ।

साउन लागेपछि तत्कालै बढुवा प्रक्रिया सुरु गर्न नमिल्ने भएकाले असारभित्रै डिएसपी, एसपी, एसएसपी र डिआइजीको बढुवाका लागि सूचना निकाल्ने तयारी भइरहेको उच्च स्रोतको दाबी छ। यसका लागि केही दिनको ‘ग्याप’ राखेर सूचना निकाल्ने तयारी भइरहेको छ।

असारभित्रै डिएसपी, एसपी, एसएसपी र डिआइजीको बढुवाका लागि सूचना निकाल्ने तयारी भइरहेको उच्च स्रोतको दाबी छ। यसका लागि केही दिनको ‘ग्याप’ राखेर सूचना निकाल्ने तयारी भइरहेको छ। डिएसपी र एसपीको बढुवा सशस्त्र मुख्यालय र एसएसपी र डिआइजीको बढुवा गृह मन्त्रालयबाट हुने भएकाले प्रहरी महानिरीक्षक राजु अर्यालले तालुकदार मन्त्रालयको सहमति लिइरहेका छन्।

साउन लागेपछि पनि बढुवा गर्ने गरी असारभित्रै सूचना निकालेर बढुवा प्रक्रिया अघि बढाउन लागिएको हो। हाल सशस्त्र प्रहरीमा एक डिआइजीको एक पद रिक्त छ। माथिल्लो पदको बढुवा गर्दै जाँदा एसपीमा २२ पद रिक्त हुने छ। यसपटक एसपीमा सिसं ३, साढे ३ र सिसं ४ को सशस्त्र प्रहरी निरीक्षक बेसिकको टोली बढुवामा पर्नेछ। सशस्त्र प्रहरी मुख्यालयले करिब एक महिनाको बिचमा सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हबल्दारसम्म दुई हजार एक सय ९६ जनाको बढुवा गरिसकेको छ।

तीनतीन वर्षमा १४ हजार

बढुवा जाम भएका बेला तीन वर्षमा १४ हजार तीन सय ९० जना बढुवा भइसकेका छन्। महानिरीक्षक अर्यालले संगठन प्रमुख भएदेखि वृत्ति विकासलाई ध्यानमा राखेर बढुवालाई प्राथमिकता दिएका थिए। त्यसक्रममा १४ हजार तीन सय ९० जना बढुवा तथा विशेष बढुवा भएका हुन्। बढुवा हुनेमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हबल्दारसम्म रहेका छन् भने विशेष बढुवामा सशस्त्र प्रहरी उपरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हबल्दारसम्म रहेका छन्।

सो अवधिमा सशस्त्र अतिरिक्त प्रहरी महानीरिक्षक चारजना, नायब महानिरीक्षकमा आठजना, वरिष्ठ उपरीक्षकमा ४५ जना, उपरीक्षकमा एक सय ११ जना, नायब उपरीक्षकमा एक सय ७० जना, निरीक्षकमा दुई सय २७ जनाको बढुवा गरिएको छ।

त्यस्तै सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकमा एक सय सातजना, नायब निरीक्षकमा चार सय ५९ जना, सहायक निरीक्षकमा तीन सय १४ जना, वरिष्ठ हबल्दारमा दुई हजार आठ सय ७४ जना, हबल्दारमा तीन हजार नौ सय ४० जना र सहायक हबल्दार पदमा ६ हजार ६९ जना बढुवा भएका छन्।

विशेष बढुवामा सशस्त्र प्रहरी उपरीक्षक १० जना, नायब उपरीक्षकमा १८ जना, निरीक्षकमा नौजना, सहायक निरीक्षकमा चारजना, वरिष्ठ हबल्दारमा तीनजना, हबल्दारमा एकजना र सहायक हबल्दार पदमा १६ जना रहेका छन्। यही अवधिमा ४० जनालाई अवकाशपूर्व एक तह विशेष बढुवा गरिएको हो। अवकाशपश्चात् सो पद स्वतः खारेज हुनेछ।

कर्तव्य पालनाको सिलसिलामा शारीरिक रूपमा अंगभंग भई अशक्त अवस्थामा पाँचजनालाई एक तह बढुवा गरिएको छ भने नेपाल एपिएफ क्लबमा सहभागी भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा उत्कृष्ट खेल प्रदर्शन गरेवापत १६ जनालाई एक तह बढुवा गरिएको हो।

प्रकाशित: १८ असार २०८२ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App