१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

नेपालका ८५ प्रतिशत अविभावक बालबालिकामाथि हुने अनलाइन यौन दुर्व्यवहार बारे कुरा गर्दैनन्

नेपालका ८५ प्रतिशत अविभावकले आफ्ना छोरा–छोरीसंग अनलाइन यौन दुव्र्यवहार बारेमा छलफल नगर्ने गरेको एक अध्ययन सर्वेक्षणले औल्याएको छ ।

हालै चाइल्ड सेफनेटले गरेको अध्ययन प्रतिवेदनले यो तथ्यांक सार्वजनिक गरेको हो । संस्थाले हालै ‘नेपालमा अनलाइन यौन शोषण र दुव्र्यहावरबाट बालबालिकाको सुरक्षाको लागि अविभावकको भूमिका’ विषयक अध्ययन सर्वेक्षण गरेको थियो ।

राष्ट्रिय बालअधिकार परिषद्की सदस्य–सचिव इन्द्रादेवी ढकाल र चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले सार्वजनिक गरेको अध्ययनमा ६ देखि १७ वर्ष भित्रका ९ सय बालबालिकामा सर्वेक्षण गरिएको थियो । काठमाडौ र ललिपतपुरका बालबालिकामा मिश्रित विधि प्रयोग गरी अविभावकसँग छलफल गर्ने र निर्धारित फोकस समुहसँग छलफल गर्ने अविभावक बालबालिका, विज्ञहरुसँग अन्तरवार्ता गरी उक्त नतिजा प्राप्त गरेको हो ।  

चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीका अनुसार अभिभावकहरुमा अनलाइन जोखिमबारे चिन्ता त देखिन्छ तर धेरैले त्यस्ता जोखिमबाट बालबालिकालाई जोगाउन आवश्यक ज्ञान, जानकारी र सहयोगको अभाव महसुस गरेका छन्।

प्रतिवेदनका सह–लेखिका तुलसा खड्काका अनुसार धेरैजसो बालबालिकाले आफ्नै मोबाइल नभए पनि परिवारका सदस्यहरूको मोबाइलबाट इन्टरनेट चलाउने गरेको पाइएको छ ।

ती मध्येमा धेरैले अविभावकको निगरानी विना डिजिटल प्लेटफर्म प्रयोग गर्छन् । ४५ प्रतिशत बालबालिकाले आफ्नै उपकरण प्रयोग गर्ने गरेका छन् भने ३४ प्रतिशत बालबालिकाले आफ्नै सामाजिक सञ्जाल खाता चलाउने गरेको पाइएको छ । २९ प्रतिशत बालबालिकाले परिवारका सदस्यहरुका खाता चलाउने गरेका छन् । जसमा धेरैजसो बालबालिकाले आमाको खाता प्रयोग गर्ने गरेका छन् ।

प्रतिवेदन अनुसार धेरै अविभावकहरु आफ्ना बालवालिकाको अनलाइन क्रियाकलाप बारे जानकार छैनन् । जसले गर्दा ती बालबालिका वयष्क सामग्री र अनलाइन गु्रमिङको जोखिममा परेका थिए । त्यसैगरी अनलाइन ग्रुमिङ, अनलाइन बाल यौन शोषण र हिंसात्मक वा यौनजन्य सामग्रीबारे जानकारी पाउने थोरै मात्र अविभावक पाइएका छन् ।

अनुसन्धान प्रतिवेदनकै सहलेखक सुलभ रत्न बज्राचार्यले भने, “नेपालका ८५ प्रतिशत अभिभावकहरूले अनलाइन दुव्र्यवहार सम्बन्धी आफ्ना बच्चासँग कुराकानी गरेका छैनन’ । यसको पछि असहजता, जानकारीको अभाव, उमेर अनुकुल नभएको धारणा कारण रहेका छन् । त्यसैगरि लैंगिक अल्पसंख्यक क्वेयर बालबालिकाले आफ्नै परिवारभित्रबाट समेत घृणा, भेदभाव र दुव्र्यवहार सहनुपर्ने स्थिति रहेको प्रतिवेदनले औल्याएको छ ।

अनुसन्धानले डिजिटल सुरक्षा सम्बन्धी शिक्षा तथा प्राविधिक समाधानका उपायको बारेमा सुझाएको छ । प्रतिवेदन अनुसार ७३ प्रतिशत अभिभावकहरूले अहिलेसम्म कुनै पनि अभिभावकीय संयन्त्रको उपाय प्रयोग नगरेको पाइएको छ । त्यसैले ७० प्रतिशत अभिभावकले बाल साइबर सुरक्षा सञ्चालन गरिने प्रत्यक्ष सचेतनामूलक कार्यक्रम सञ्चालन हुनु पर्ने  धारणा राखेका छन् ।

३१ प्रतिशतले भिडियो, एप्स, अनलाइन कोर्स, वेबसाइट वा पम्प्लेट र पुस्तिकाजस्ता मुद्रित सामग्री प्रभावकारी हुने सुझाएका थिए ।  

कार्यक्रममा अभिभावकीय शिक्षा प्रशिक्षक डिसु भण्डारी मानन्धर र बाल शल्य चिकित्सक डा। नृपेश राजभण्डीरीले बालबालिकालाई अनलाइन यौन शोषण र दुव्र्यवहारबाट सुरक्षित राख्न अभिभावकहरुको भूमिकाबारे रोचक र उत्प्रेरक फायरसाईड च्याट संवाद गरेका थिए । यो अध्ययनको प्रमुख अनुसन्धानकर्ता अनिल रघुबंशीले यो अध्ययनले अनलाइन यौन शोषधणजन्य दुव्र्यवहारवाट सुरक्षित राख्ने व्यवहारिक जानकारी दिएको बताए ।  

अनुसन्धान प्रतिवेदन सार्वजनिककी अतिथी इन्द्रादेवी ढकालले बढ्दो प्रविधीको  पहुँचले बालिबालिकालाई अनलाइन हिंसाको जोखिममा पारेको बताइन । ‘यो  अध्ययन प्रतिवेदनले उचित मार्ग दिएको छ , थप चेतनामुलक कार्यक्रम आवश्यक छ’ उनले भनिन। चाइल्डसेफनेट बालबालिका र युवाहरुलाई अनलाइन जोखिमबाट सुरक्षित राख्न र डिजिटल सुरक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले अनुसन्धान, पैरवी तथा शिक्षामार्फत काम गरिरहेको एक विशिष्टीकृत संस्था हो ।

अलनाइन यौन दुर्व्यवहारबाट बालबालिकालाई बचाउने उपायहरु  

–बालबालिकाले प्रयोग गर्ने सूचीवारे अविभावकले जानकारी राख्ने  

– अनलाइन प्रयोग गर्ने समयअवधि आफु र बालबालिकाई तोक्ने  र पालना गर्ने  

– धेरै बेर मोवाइल दिनुको सट्टा अविभावकले बच्चासंग समय बिताउने  

– अनलाइनबाट भोगेको कुराहरुको घटना बारे जानकारी दिने  

– बालबालिकासंग अविभावकले  साथीको व्यवहार गर्ने  

– गाली गर्नुको सट्टा अलनाइनको हानीको बारेमा जानकारी दिने  

–अनलाइनको सट्टा भौतिक क्रियाकलापमा समावेश गर्ने  

– कुन साइट प्रयोग  गर्ने भन्ने बारेमा आपसी निर्णय  गरी सीमितता तोक्ने  

 

 

प्रकाशित: १६ असार २०८२ १७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App