२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

तमोर नदीमा बगेर एकजना बेपत्ता

फाइल तस्बिर

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का एक युवा तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् ।  

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मिक्वाखोला–३ निवासी २५ वर्षीय लाक्पा शेर्पा आज दिउँसो साढे १२ बजे फुङ्लिङ नगरपालिका–१ स्थित तमोर नदीमा नुहाउने क्रममा बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता शेर्पा सेवालुङ क्रसरमा ट्याक्टर चालकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । घटनापछि खोजतलासका लागि दोभान प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक ओमनारायण श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।  

प्रकाशित: १६ असार २०८२ १६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App