९ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

पर्सामा लागूऔषधका एक सय १४ मुद्दा दर्ता

पर्सामा लागूऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ। चालु आर्थिक वर्षको असार १२ गतेसम्मका अवधिमा जिल्लामा लागूऔषधसम्बन्धित एक सय १४ मुद्दा दर्ता भएका छन्। 

जिल्लाको एक सय सात किलोमिटर छिमेकी मुलुक भारतसँग खुल्ला सीमा जोडिएकाले पनि लागूऔषधको तस्करी सम्बन्धी गतिविधि बढेको जनाइएको छ।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले चालु आर्थिक वर्षको असार १२ गतेसम्म लागूऔषध कारोबारमा संलग्न रहेको जनाउँदै स्वदेशी तथा विदेशी गरेर एक सय ५१ जनालाई पक्राउ गरेको जानकारी दिए।

‘लागूऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै ९८ नेपाली पुरुष र छ जना नेपाली महिला पक्राउ परेका छन्,’ उनले भने, ‘सोही अवधिमा ४५ विदेशी नागरिक र दुई जना विदेशी महिलासमेत सो कारोबारमा संलग्न रहेको जनाउँदै पक्राउ परेका हुन्।’

जिल्ला प्रहरी कार्यालय पर्साले चालु आवमा एक हजार पाँच सय ६१ किलो गाँजा पक्राउ गरेको छ। त्यस्तै  छ सय २५ किलो चरेश बरामद गरेको छ। त्यस्तै तीन सय ८४ ग्राम खैरो हिरोइन र साढे एक किलो अफिम बरामद गरेको छ।

त्यस्तै गरी फेनारगन एक हजार चार सय ३३ एम्पुल, डाइजेपाम चार हजार चार सय ९९ एम्पुल, नुरफिन चार हजार चार सय ६४ एम्पुल बरामद गरेको छ। त्यस्तै ट्रामाडोल दुई लाख ८९ हजार दुई सय ७४ ट्याब्लेट बरामद गरेको छ। रासस

प्रकाशित: १६ असार २०८२ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App