पूर्व सांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको छ।
उनको ८७ वर्षको उमेरमा आज निधन भएको हो। चितवनदेखि काठमाडौँ उपचारका लागि जाने क्रममा कँडेलको निधन भएको नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले जानकारी दिए।
विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर-१ बाट निर्वाचित भएका कँडेलका दुई छोरा र एक छोरी छन्।
कँडेल लामो समयदेखि मुटुको रोगबाट पीडित थिए। कँडेलले २०३७ सालदेखि २०४८ सालसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको नेतृत्व गरेका थिए।
हाल उनी जेष्ठ राजनीतिज्ञ सभाका केन्द्रीय सदस्य थिए।
प्रकाशित: १५ असार २०८२ २१:५५ आइतबार





