२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

सिन्धुपाल्चोकको मेलम्चीमा बस दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्।

भोताङबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको बस शनिबार दिउँसो करिब १ बजे दुर्घटनामा परेको हो।

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार, बस मेलम्ची नगरपालिका–१० को रामपुरबेसीस्थित बजारपारिको सडकमा दुर्घटना भएको हो।

दुर्घटनामा परी बसमा सवार ८ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्य ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १४ असार २०८२ १५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App