पर्साको वीरगंजमा आस्थाको प्रतीकको रुपमा रहेको गहवामाईको रथयात्रा सुरु भएको छ।
शुक्रबारबाट सुरु भएको रथयात्राको तेस्रो संस्करणमा नेपाल र भारतका हजारौँ श्रद्धालु सहभागी छन् ।
श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा गठित रथयात्रा धार्मिक समन्वय समितिले गहवामाई मन्दिर पुनर्निर्माणको १६ औँ वार्षिकोत्सवको अवसरमा तेस्रो रथयात्रा गरिएको हो।
तीन तहको सुरक्षा व्यवस्था मिलाइएको रथयात्रा मन्दिरबाट निस्केर घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैयाको इदगाह चोक हुँदै वीरगंजको मुख्य सडकमा पर्ने बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः गहवामाई मन्दिरमा पुगेर समापन भएको थियो ।







प्रकाशित: १३ असार २०८२ १२:०९ शुक्रबार





