२५ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

बन्दिपुरमा चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु

फाइल।

तनहुँको बन्दिपुरमा आफ्नै घरको आँगनमा बसिरहेका एक ६ वर्षीय बालकको चितुवाको आक्रमणबाट मृत्यु भएको छ। बन्दिपुर गाउँपालिका-२, कुवादीका उत्सव गुरुङको सोमबार साँझ उपचारका क्रममा ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, दल बहादुर गुरुङका छोरा उत्सव घरको आँगनमा बसिरहेको अवस्थामा साँझ करिब साढे ७ बजे चितुवाले अचानक आक्रमण गरी गम्भीर घाइते बनाएको थियो।

चितुवाको आक्रमणपछि रक्ताम्य भएका उनलाई परिवार र स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि बन्दिपुर अस्पताल पुर्‍याएका थिए। तर, गम्भीर चोटका कारण अस्पतालले उनलाई बचाउन सकेन। करिब सवा ८ बजे चिकित्सकले उत्सवलाई मृत घोषणा गरेका थिए।

पछिल्लो समय यस क्षेत्रमा चितुवाको आतंक बढ्दै गएको र मानिसहरू घरआँगनमै असुरक्षित बन्दै गएको स्थानीयले बताउँदै आएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०८२ २१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App