२१ माघ २०८२ बुधबार
image/svg+xml
समाज

बेपत्ता अर्का गोताखोर साउद पनि मृत फेला

विपद् उद्धार अभ्यासका क्रममा गत बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका अर्का एकको पनि शव फेला परेको छ। 

डोटीका सुरज साउदको शव आज केहीबेर अघि मात्र फेला परेको सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। 

कुरिनटारबाट गएका अनुभवी गोताखोर डिएसपी पुरुषोत्तम भन्डारीको टोलीले कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट साउदको शव निकालेको उनले बताए।

यसअघि बेपत्ता भएका दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव शुक्रबार सप्तकोशी नदीको किनारमा फेला परेको थियो।

प्रकाशित: २५ जेष्ठ २०८२ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App