२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

बगुवा खोलामा बेलिब्रिज जडान, अवरुद्ध कान्ति लोकपथ पूर्ण सञ्चालनमा

हेटौंडा र काठमाडौं जोड्ने वैकल्पिक मार्ग, कान्ति लोकपथ आइतबार बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानामा पर्ने बगुवा खोलामा बेलिब्रिज जडान कार्य सम्पन्न भएसँगै अवरुद्ध सडक खुलेको हो।

प्रहरीका अनुसार, बिहान १०:४० बजेबाट सवारी साधनका लागि बाटो पूर्ण रूपमा खोलिएको हो।

बेलिब्रिज जडान सकिएपछि काठमाडौंबाट हेटौंडालगायत तराईका विभिन्न जिल्लामा आवतजावत गर्ने यात्रु तथा मालबाहक सवारी साधनलाई ठूलो राहत मिलेको छ।

प्रकाशित: २५ जेष्ठ २०८२ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App