१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

नागढुंगा-नौबिसे सडक १५ दिन दिउँसो साढे चार घण्टा बन्द

नागढुंगा–नौबिसे सडकखण्ड निर्माण कार्यका लागि जेठ १० देखि २५ गतेसम्म बन्द गरिने भएको छ। बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिने भएको हो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार काठमाडौं र धादिङ प्रशासनको समन्वयमा यो निर्णय भएको हो। यसअघि राति बन्द गरेर निर्माण हुँदै आएको थियो।

आयोजनाले नागढुंगा–पिपलामोड सडक निर्माणका लागि दिउँसो काम गर्नुपर्ने जनाएपछि प्रशासनले अनुमति दिएको हो। प्राविधिक कारणले दिउँसो निर्माण गर्नुपर्ने भएकाले अनुमति दिइएको प्रजिअ तिवारीले जानकारी दिएका छन्। 

सूचनाअनुसार काठमाडौंबाट जाने सवारी नागढुंगा र नौबिसेतर्फबाट आउने सवारी खानीखोलामा रोकिनेछ। बन्दको समयमा वैकल्पिक मार्गका रुपमा धार्के–सितापाइला र टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न भनिएको छ। 

प्रकाशित: ७ जेष्ठ २०८२ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App