इलाका प्रहरी कार्यालय निजगढले लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।
निजगढ नगरपालिकाका ४ मौरी खोलाबाट आइतबार बेलुका प्रतिबन्धित लागुऔषध खरिद बिक्री गरी रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजय पण्डितले बताएका छन्।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको बकैया गाउँपालिका ६ भालु खोलाका बिजय योञ्जन, बारा जिल्ला निजगढ नगरपालिका १० चौकीटोलका प्रेम वाइबा, धन बहादुर थिङ ,ज्ञान बहादुर घलान अमृत दुलाल रहेको उनले बताए।
पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित लागुऔषध ट्रमाडोल ५६५ वटा एन्टीकोफ ४३ र डेभोक्सिन–१० ४६ वटा बरामद गरिएको उनले बताए।
पक्राउ परेका पाँचै जनालाई लागु औषधसहित इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरिएको पण्डितले बताए।
प्रकाशित: ५ जेष्ठ २०८२ १८:४० सोमबार





