२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

कान्ति लोकपथ एकतर्फी खुल्यो

मकवानपुरको हेटाैंडा र काठमाडाैं जाेड्ने कान्ति लाेकपथ सडकखण्ड एकतर्फी खुलेको छ।

मकवानपुरकाे भीमफेदी गाउँपालिका-८ र ललितपुरकाे बागमती गाउँपालिका-२ काे सिमानामा रहेको बगुवा खाेलाकाे डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएकाे थियो।

मकवानपुर प्रहरीका अनुसार कान्तिलोकपथ सडकखण्डको बगुवास्थितमा निर्णाधिन पुलबाट साना सवारीसाधन कार, जिप, स्कारपियो र मोटरसाइकललाई एकतर्फी आवजजावतको व्यवस्था मिलाएको छ। 

यस्तै ठुला सवारी साधनलाई डाईभर्सन बाटो नबनुन्जेलसम्मका लागि आवतजावतमा रोक लगाएको छ। गए रातिदेखि परेको पानीले डाइभर्सनका लागि प्रयोग भएका ह्युमपाइपहरू बगाएकाे थियो।

बगुवा खाेलास्थित बागमती पुलकाे एक भाग गत असाेजमा आएकाे भीषण बाढीले बगाएकाे थियाे। पुलकाे मर्मत कार्यका लागि खोलामा डाईभर्सन बनाएर आवतजावत भइरहेको थियो।

प्रकाशित: ५ जेष्ठ २०८२ ०८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App