२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

फेवातालमा फसेका दुई जनाको उद्धार

पोखराको फेवातालमा हावाहुरीका कारण डुङ्गा नियन्त्रणबाहिर गएपछि अलपत्र परेका दुई जनाको सशस्त्र प्रहरी बलले शनिबार साँझ सफल उद्धार गरेको छ।

शनिबार साँझ करिब ४:४५ बजे पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा अचानक आएको हावाहुरीका कारण छाल उठेपछि दुई जना डुङ्गा सवार व्यक्तिहरू अलपत्र परेका थिए।

काठको डुङ्गामा बोटिङ गरिरहेका कास्कीको अन्नपूर्ण गाउँपालिका–३ निवासी ४८ वर्षीय लक्ष्मण गुरुङ र ४८ वर्षीय विजय गुरुङलाई सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले मोटरबोटको सहायतामा सकुशल उद्धार गरेको हो।

सशस्त्र प्रहरी बलले विशेषगरी साँझपख हावाहुरीको सम्भावना रहने भएकाले बोटिङ गर्दा अतिरिक्त सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ।

सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार समयमै उद्धार भएकाले दुवै जना सुरक्षित छन् र थप स्वास्थ्य परीक्षणका लागि उनीहरूलाई स्थानीय उपचार केन्द्रमा पठाइएको छ।

प्रकाशित: २७ वैशाख २०८२ २१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App