१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

तमोर नदीमा बगेर एक व्यक्ति बेपत्ता, खोजी जारी

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फुलवारीका एक व्यक्ति तमोर नदीमा बगेर बेपत्ता भएका छन्। वडाध्यक्ष टेकिन्द्र सेन्दाङका अनुसार करिब ५५–५६ वर्षका जीतबहादुर तामाङ नदीमा बगेर बेपत्ता भएका हुन्।

सेन्दाङका अनुसार फुलवारीस्थित तमोर नदी किनारमा स्काभेटर मेसिन सञ्चालन भइरहेको स्थान हेर्न मामाभाञ्जा गएका थिए। त्यही क्रममा भाञ्जाले मामालाई खोलाले बगाएको जानकारी दिएपछि घटना बाहिरिएको हो।

बेपत्ताको खोजीका लागि वडाध्यक्ष सेन्दाङ, स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली घटनास्थलतर्फ पुगेको छ। विस्तृत विवरण आउन बाँकी रहेको सेन्दाङले बताएका छन्।

प्रकाशित: १३ वैशाख २०८२ १६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App