१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह

काठमाडौँ महानगरापलिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ ।  प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहर नबाल्न महानगरले आग्रह गरेको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रद्रषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास  र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताइन्।

महानगरबाट फोहर सङ्कलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरिन्। उद्योग कलकारखानालाई   ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न  पनि विभाग प्रमुख राईले आग्रह गरिन्।

प्रकाशित: ९ वैशाख २०८२ १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App