१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

अनागरिक

लघुकथा

अझै बनेन काम, कतिचोटि प्रशासन कार्यालय धाइन् उनले तैपनि पार लागेन। सबै प्रमाण जुटाउँछिन्, अन्तिममा उनलाई एउटै कुराले अप्ठ्यारो पारिदिन्छ।

कुनै प्रमाणले पनि पुष्टि गर्दैन, आफ्नै देश हो जहाँ उनका कैयौं पुस्ता बस्दै आएका छन्।

आफ्नै देशमा अनागरिक भएर बस्नुको पीडा झेल्दै आएकी छन् उनी।

प्रशासनले उनलाई प्रमाण जुटाउन भनेको थियाे तर उनले ल्याउन सकेकी छैनन्।

‘फाल्तु कुरा गरेर समय बर्बाद नगरेकै राम्रो, तपाईंले यो प्रमाण नल्याएसम्म काम बन्दैन।’ 

ऊ भन्छिन्, ‘भन्दिनोस् त म यो देशको नागरिक हुँ कि होइन?’

‘प्रमाण नल्याएसम्म तपाईंको कामै बन्दैन।’

लघुकथाकार विष्णु भण्डारी आचार्य

चर्काचर्की पर्छ प्रशासनसँग।

उनीसँग नागरिकता नभए पनि दुईचारजनासँग बोल्ने साहस भनेसम्मै छ।

उनी झ्वाँकिन्छिन्, ‘मेरी आमाको बिहे नै भएको छैन त मैले कहाँबाट मेरो बाउको नाम लेखाएर ल्याऊँ भन्नोस् त।’

प्रकाशित: १२ पुस २०८२ १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App