ताप्लेजुङको पाथीभरा क्षेत्रतर्फ गुडिरहेको सवारीमा एक्कासि आगो लाग्दा थुप्रै हताहति भएको अनुमान गरिएको छ। आगो कसरी लाग्यो भन्ने नखुले पनि हाइटेन्सन लाइनको तार सवारी माथि खस्दा आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
‘हताहति भएको आशंका छ, थुप्रै जलेको अवस्थामा देखिनु भएको छ, हामीले घटनास्थलबाट ताप्लेजुङ जिल्ला अस्पतालतर्फ पठाएका छौँ,’ जिल्ला प्रहरी प्रमुख जिल्ला प्रहरी प्रमुख (डिएसपी) रवि रावलले भने।
पाथीभरा क्षेत्रको तेर्से भन्ने स्थानमा उक्त घटना भएको र सवारी नम्बर ३०११ रहेको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
प्रकाशित: ८ वैशाख २०८२ ०६:०७ सोमबार