२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

कोशी प्राइड लिगमा गुल्शन झाको इन्ट्री, बिर्तामोड हिट्सबाट खेल्ने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर गुल्शन झाले बिर्तामोड हिट्सबाट कोशी प्राइड लिग (केपीएल) खेल्ने भएका छन् । बिर्तामोड हिट्सले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुल्शन टोलीमा आबद्ध भएको जानकारी सार्वजनिक गरेको हो ।  

No description available.

तेस्रो संस्करणको कोशी प्राइड लिग फागुन ९ गतेदेखि २१ गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा गुल्शनको सहभागिताले बिर्तामोड हिट्सको टोली थप सशक्त बनेको विश्लेषण गरिएको छ ।

यो संस्करणको केपीएलमा कुल ७ टोली सहभागी हुनेछन् । सहभागी टोलीमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्नास र गोर्खा एभेन्जर्स छन् ।  

आक्रामक ब्याटिङ र उपयोगी बलिङका लागि परिचित गुल्शनको उपस्थितिले प्रतियोगिताको रोमाञ्च थप बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित: १३ पुस २०८२ १६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App