२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘मुक्तिपुर’ को छायांकन सुरु

काठमाडौँ। सुनिल पाण्डेको निर्देशनमा बन्न लागेको चलचित्र ‘मुक्तिपुर’ को छायांकन सुरु भएको छ। आज मंगलबार काठमाडौँको वसुन्धरास्थित इन्द्रायणी मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको हो।

साहिबा फिल्म्स प्रोडक्सन र एभरेस्ट एकेडेमीको सहकार्यमा निर्माण हुन लागेको यो चलचित्र ‘क्राइम–रिभेञ्ज’ जनरामा आधारित छ। उक्त चलचित्रमार्फत अभिनेत्री आकृति बुढाथोकीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन्। चलचित्रमा परिवारको प्रतिनिधित्व गर्ने पात्रले भोग्ने उतार–चढाव र बदलाको कथालाई प्रस्तुत गरिनेछ।

विजय राजवंशी र रोशन पासवान निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ कार्यकारी निर्माता छन् भने केशव गौतम सह–निर्माता रहेका छन्। क्राइम–रिभेञ्ज जनरामा तयार हुने चलचित्रले बदलाको कथालाई केन्द्रमा राख्नेछ।

चलचित्रमा नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह र एवनराज उप्रेतीको अभिनय रहनेछ। साथै, यसै चलचित्रमार्फत आकृति बुढाथोकी अभिनेत्रीका रूपमा देखिनेछिन्। ४० दिनको छायांकन तालिकासहित फ्लोरमा निस्किएको यस चलचित्रको प्रदर्शन मिति भने अझै तय गरिएको छैन।

प्रकाशित: २६ फाल्गुन २०८२ १५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App