१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ की २९ वर्षीया टीका विष्ट क्षेत्रीको चितवनमा उपचार भइरहेको छ।

बुटवलमा खाजा घर सञ्चालन गर्दै आएकी उनीमाथि शनिबार बिहानै गोली प्रहार भएको थियो। उनलाई बुटवलमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज ल्याइएको थियो।

अस्पतालका निर्देशक प्रा.डा दयाराम लम्सालका अनुसार क्षेत्रीको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको छ।

उपचारमा संलग्न प्रा.डा अनिल आचार्यका अनुसार पछाडिको भागबाट लागेको गोलीले उनको कलेजो र फोक्सोमा चोट पुर्‍याएको छ। गोली शरीरभित्रै रहेको उनले बताए।

“चार पाँच दिन बिरामीको अवस्था हेरेपछि मात्रै गोली र छर्रा निकाल्ने, शल्यक्रिया गर्ने वा नगर्ने निक्र्याेल हुन्छ।” डा. आचार्यले भने।

बिरामीको अवस्था स्थिर रहेको उनले जानकारी दिए।

प्रकाशित: ७ वैशाख २०८२ २१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App