११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई

‘सञ्चारिका अग्रणी सम्मान २०८०’ पत्रकार डा हरिकला अधिकारी र उषा लोहनीलाई प्रदान गरिएको छ। सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनका अवसरमा आज (शुक्रबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुवै जनालाई उक्त पुरस्कार प्रदान गरेका हुन्।

यस्तै, ‘सञ्चारिका समानता पुरस्कार, २०८०’ पत्रकार धनु विश्वकर्मालाई प्रदान गरिएको छ। हिमाल खबर पत्रिकामा प्रकाशित ‘छाउगोठमा महिनावारी बस्दा १७ वर्षमा १६ जनाको गयो ज्यान’ शीर्षकको फिचर समाचारका लागि विश्वकर्मालाई यो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ।

सञ्चारिकाले ‘स्व उमा सिंह पत्रकारिता पुरस्कार २०८०’ धनुषाको जनकपुरबाट पत्रकारिता गर्दै आएकी पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरेको छ। उनी जनकपुरको अप्पन टिभीमा कार्यरत छिन्। पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।

‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०८०’ इन्डिजिनियस टेलिभिजनमा कार्यरत पत्रकार डोल्मा शेर्पा र रातोपाटी डटकममा कार्यरत सरिता थारुलाई प्रदान गरिएको छ। उनीहरू सबैलाई मन्त्री गुरुङले पुरस्कार प्रदान गरिएको छ। रासस

प्रकाशित: ५ वैशाख २०८२ १५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App