११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीलाई लक्षित गरी गोली प्रहार गरिएको छ।

बिहीबार मध्यरात मायादेवी गाउँपालिका-१ पकडीस्थित घरमै रहेका चौधरीलाइ ताकेर गोली प्रहार गरिएको हो। शौचालयमा शौच गर्न जाँदा अज्ञात व्यक्तिले आफूमाथि गोली चलाएको चौधरीले बताए।

गोली चलाउने व्यक्तिको उचाइ आफूभन्दा अग्लो रहेको र मुखमा सेता पट्टी बाँधेर आएको उनले बताए। गोली भने नलागेको र आफूलाई विभिन्न घटनामा फसाउन नसकेपछि यो घटना गराइएको उनले बताए।

सो घटना हुनासाथ उनको घरमा प्रहरी पुगेको थियो। गोली चलाउने व्यक्तिको खोजी भई रहेको प्रहरीले जनाएको छ।

प्रहरीले गोलीको खोका समेत बरामद गरेको छ। घटनाको अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डिएसपी मोहन मणि अधिकारीले जानकारी दिए।

प्रकाशित: ५ वैशाख २०८२ ०८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App