जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प गएका छन्।
सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंकलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो त्यसको करिब साढे ७ घण्टापछि बिहान ४ बजेर ५३ मिनेटमा फेरि अर्को भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान पनि कुशे गाउँपालिकाको पैंकलाई नै केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पका कारण क्षतिबारे कुनै विवरण भने प्राप्त भएको छैन।
यसअघि गत चैत २१ गते साँझ ८ बजेर ७ मिटेर र ८ बजेर १० मिनेट जाँदा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो। पहिलो भूकम्प ५.२ र दोस्रो भूकम्प ५.५ म्याग्निच्युडको थियो।
सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको पुगेको बताइएको छ।
प्रकाशित: २ वैशाख २०८२ ०७:५१ मंगलबार





