११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

चट्याङ लागेर एकै परिवारका चार जना घाइते

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन्।

सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकै परिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएका छन्। 

घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बस्नेतले जानकारी गराए। उपचाररत चारै जना खतरामुक्त रहेका अस्पतालले जनाएको छ। रासस  

प्रकाशित: २ वैशाख २०८२ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App