११ वैशाख २०८२ बिहीबार
image/svg+xml २३:१२ अपराह्न
समाज

जानकी मन्दिरमा भक्तजनको भीड

नयाँ वर्ष २०८२ का अवसरमा जनकपुरधामको जानकी मन्दिरमा भक्तजनको भीड लागेको छ । वर्षको पहिलो दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजनहरू वर्षभर राम्रो होस् भन्ने हेतुले पूजापाठका लागि जम्मा भएका छन् ।

धनुषाका विश्वप्रसिद्ध जानकी मन्दिरसहित राम मन्दिर, जनक मन्दिर, भूतनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । नयाँ वर्षमा मन्दिरहरूमा पूजापाठ गर्नाले विशेष फल प्राप्त हुने र वर्षभरि राम्रोसँग बित्ने धार्मिक जनविश्वाससहित मन्दिर दर्शन गर्न आएको धनुषा ट्राफिक प्रमुख हरिबहादुर वलीले बताए।

त्यसैगरी, पर्यटकहरूको सवारीसाधनको व्यवस्थापन गर्न बिहानदेखि नै ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । वर्षको पहिलो दिन पूजापाठ र दर्शन गर्न तथा घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । जानकी मन्दिरमा बिहानदेखि दर्शनार्थी भीडभाड देखिएको छ ।

मन्दिरमा प्रसाद चढाउने भक्तजनको पनि दिनभर घुइँचो तथा भीड लागेको छ भने जानकी मन्दिर परिसरमै रहेको म्युजियम हेर्नसमेत दर्शनार्थीहरुको लामो लाइन लागेको देखिएको छ ।

प्रकाशित: १ वैशाख २०८२ १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App