१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

पौडी खेल्न पोखरी गएका बालकको डुबेर मृत्यु

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ४ पोखरभिटवामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। 

शुक्रबार साँझ ५ बजेतिर साथीहरूसँग घर नजिकै रहेको माछा पोखरीमा नुहाउने क्रममा सैफुल ईसलाम शेषका ८ वर्षीय छोरा आरसलामको डुबेर मृत्यु भएको हो। प्रहरी अनुसार पोखरीमा डबुेर अचेत भएका उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो।

डाक्टरहरूले बालकलाई मृत घोषणा गरेका थिए। बालकको शवको पोस्टमर्टमपछि परिवारलाई बुझाइएको छ।

प्रकाशित: ३० चैत्र २०८१ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App