१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

गुरुङ नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ अध्यक्षमा निर्वाचित

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित भएका छन्। शनिबार बिहान सम्पन्न निर्वाचनमा गुरुङले प्रतिस्पर्धी नरेश गेलाललाई ६१ मतान्तरले पराजित गरे। गुरुङले ४२८ मत प्राप्त गर्दा गेलालले ३६७ मत पाए। 

संघको पूर्वद्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रालिका सञ्चालक गुरुङले अब संघको नेतृत्व सम्हाल्नेछन्। 

यस्तै, निर्वाचनबाट प्रथम उपाध्यक्षमा सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा बैकुण्ठप्रसाद पौडेल निर्वाचित भए। महासचिवमा महेशकुमार बस्नेतले ४२३ मतसहित विजय हासिल गरे भने उनका प्रतिस्पर्धी कर्णराज कटुवालले ३६२ मत प्राप्त गरे। 

सचिवमा कुन्छा दोर्जे डिमडुङ र कोषाध्यक्षमा धनमाया सिञ्जाली निर्वाचित भएका छन्। सदस्यहरूमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरुङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे र विद्यालक्ष्मी बज्राचार्य विजयी भएका छन्। 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका अध्यक्ष दीपक थापाले निर्वाचन परिणामको पुष्टि गरेका छन्। रासस

प्रकाशित: ३० चैत्र २०८१ १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App