११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

हतियार सफा गर्दा गोली लागेर सैनिकको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२२ मा रहेको श्री नयाँ गोरख गण कसरा ब्यारेकमा हतियार सफा गर्ने क्रममा गोली लागेर २२ वर्षीय चन्द्र किशोर दासको मृत्यु भएको हो।  

शुक्रबार बिहान ९ बजे हतियार सफा गर्दा दाहिने तिघ्रामा गोली लागेका जवान दास गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले बताएको छ।  

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले गोली लागेर सैनिकको मृत्यु भएको पुष्टि गरे। उनले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र थप अध्ययन गरिने बताए।

प्रकाशित: २९ चैत्र २०८१ २०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App