म्यानमारमा विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा संलग्न भएर नेपाली सेनाको चिकित्सकीय टोली स्वदेश फर्किएको छ ।
१२ जना स्वास्थ्यकर्मी र ४ जना बन्दोबस्तीका व्यक्तिसहित १६ जनाको सैनिक टोली चैत्र २० गते नेपाली सेनाको हेलिकोप्टरमार्फत म्यानमार गएको थियो । टोलीले म्यानमारको म्याण्डलेस्थित यामथिन सहरमा स्वास्थ्य शिविर स्थापना गरी घाइतेहरूको उपचार गरेको नेपाली सेनाले जनाएको छ ।
उपचारका क्रममा उक्त टोलीले १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाड जोर्नी सम्बन्धी उपचार र ९६५ जना बिरामीहरूलाई ओ.पि.डि.सेवा प्रदान गरेको थियो । टोलीमा नेपाल सरकारको निर्णय बमोजिम शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकहरु सहभागी थिए ।
प्रकाशित: २९ चैत्र २०८१ १८:२२ शुक्रबार





