२४ चैत्र २०८१ आइतबार
image/svg+xml २०:२५ अपराह्न
समाज

भाटभटेनीलाई लुटपाट र तोडफोडबाट जोगाउने सुरक्षागार्डलाई सम्मान

चैत १५ गते कोटेश्वरस्थित भाटभटेनीलाई लुटपाट र तोडफोडबाट जोगाउने सुरक्षागार्डलाई सम्मान गरिएको छ ।

बुधबार सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले पाँच लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेका हुन् । उनको पाँच ग्रेड बढुवा पनि गरिएको छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्ररूप लिएपछि दुई जनाको ज्यान गएको थियो। प्रहरीले प्रदर्शनलाई तितरबितर पारेपछि एक समूहले कोटेश्वरस्थित भाटभटेनीमा गएर लुटपाट गरेको थियो ।

लुटपाट गर्ने समूहलाई सुरक्षागार्ड पराजुलीसहिको टोलीले प्रतिकार गरेको थियो । सुरक्षागार्डले लाठीचार्ज गरेको भिडियो फुटेज बाहिरिएपछि उनीहरूको प्रशंसा भएको थियो ।

घटनामा ७० लाखभन्दा बढीको क्षति भएको भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बताएका छन् ।

प्रकाशित: २० चैत्र २०८१ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App