बुटवलमा कार र मोटरसाइकल ठोक्किँदा एकजना जनप्रतिनिधिको ज्यान गएको छ। बुटवलको राजमार्ग चौराहामा बुधबार भएको दुर्घटनामा तिलोत्तमा नगरपालिका वडा नं. २ का वडा सदस्य रामकृष्ण पाठकको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा वडा नं. २ जानकीनगरका पाठकले चलाएको लु ३६ प ८४४० नम्बरको मोटरसाइकलले बागमती प्रदेश ०१-०३१ च ५००२ नम्बरको कारलाई ठक्कर दिएको थियो।
तिलोत्तमाको शंकरबाट बुटवलतर्फ जाँदै गरेको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको कारलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले बताएको छ। ठक्करबाट गम्भीर घाइते भएका पाठकलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको केही छिनमै चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रकाशित: १४ चैत्र २०८१ ०९:४३ बिहीबार